Skip to content
LAXMI SUNRISE BANK

हिमालयन क्यापिटलको वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

अर्थ सरोकार

काठमाडौँ । हिमालयन क्यापिटल लिमिटेडको ८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । क्यापिटलको साधारणसभा मंसिर २८ गते क्यापिटलको केन्द्रीय कार्यालय कमलादीमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १५ प्रतिशत नगद लाभांश वितरणको स्वीकृति पनि सभा मार्फत पारित गरिएको छ ।

कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का उपलब्धिहरूको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनील प्रसाद गोर्खालीले संस्थाका भावी योजनाहरु बारे मन्थन गरी संस्थाका सेयरधनीहरु, ग्राहकहरु र सरोकारवालाहरुलाई निरन्तर साथ र सहयोगको लागी आभार व्यक्त गरे । त्यस्तै, संस्थाका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संस्थाले प्रविधिको उच्चतम प्रयोग गर्दै आफ्ना सबै ग्राहकहरूलाई आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ सेवा अन्तर्गत निक्षेप सदस्य, सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्रि प्रबन्धन, लगानी व्यवस्थापन, कोष व्यवस्थापक तथा डिपोजिटरी र संस्थागत परामर्श सेवाहरु ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK