Skip to content
LAXMI SUNRISE BANK

पाँच महिनामा १ खर्ब १६ अर्बबढीको वस्तु निर्यात, आयात कति ?

अर्थ सरोकार

काठमाडौं । पछिल्लो पाँच महिनामा नेपालको निर्यात व्यापार ५८. १७ प्रतिशतले बढेको पाइएको छ । भन्सार विभागले सोमबार सावर्जनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनाको आयात निर्यातको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा नेपालको निर्यात व्यापार बढेको देखिएको हो ।

चालु आवको मंसीर महिनासम्म नेपालले कुल १ खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँ भन्दा बढीको वस्तु निर्यात गरेको छ । गत आवको सोहि अवधिमा नेपालले ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँको मात्रै वस्तु निर्यात गरेको थियो ।

यस्तै, यस बिचमा नेपालको आयात व्यापारमा पनि सुधार भएको देखिएको छ । चालु आवको मंसीरसम्म नेपालले ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख रुपैयाँको वस्तु अयात गरेको छ । गत आवको सोहि अवधिमा नेपालले ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । यो आयात गत आवको तुलनामा १५. ८३ प्रतिशतले धेरै हो ।

विभागका अनुसार पाँच महिनामा कुल वैदेशिक व्यापार २०. ०७ प्रतिशतले बढेर ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजार रुपैयाँ थियो ।

यसैगरी व्यापार घाटा भने १०. ५२ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब ६८ करोड १ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिको व्यापार घाटा भने ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रुपैयाँ रहेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK