Skip to content
LAXMI SUNRISE BANK

आइक्यानका अध्यक्ष नै एमाले महाधिवेसनमा उम्मेदवार !

अर्थ सरोकार

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)का अध्यक्ष नै नेकपा एमालेको महाधिवेशनमा उम्मेदवार रहेको पाइएको छ । आईक्यानका अध्यक्ष निल बहादुर सारु मगर एमालेको महाधिवेशनमा उम्मेदवार रहेको पाइएको हो ।

उनले एमालेको केन्द्रीय लेखा आयोगको सदस्यमा उम्मेदवारी दिएका छन् । 

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारहरुको सूचीमा मगरको नाम केन्द्रीय लेखा आयोगको सदस्यको १२औँ नम्बरमा उल्लेख गरिएको छ । 

एमाले महाधिवेशनमा आज (मंगलबार) निर्वाचन हुँदैछ । निर्वाचन तोकिएकै समयमा नहुने भएपछि निर्वाचनको नतिजा भोलि मात्रै आउने बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK