काठमाडौँ । चैतन्य पाठशालाले गणित शिक्षक मागेको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको चैतन्य पाठशालाले खानबस्नको व्यवस्थासहित एक लाख रुपैयाँ तलब दिने भन्दै एकजना गणित शिक्षक मागेको हो ।
पाठशालाले सामाजिक सञ्जाल फेसबुकमा एक सूचना पोष्ट गर्दै कक्षा पाँचदेखि कक्षा दशसम्म पढाउने दक्ष गणित शिक्षकका लागि दरखास्त माग गरेको छ ।
पाठशालाका प्रिन्सिपल प्रेमनिधि ओझाका अनुसार दक्ष र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । छनोट शिक्षकले कक्षा पाँचदेखि कक्षा दशसम्म पठाउनुपर्नेछ । ती शिक्षक बिहानदेखि साँझसम्म विद्यालयमै बस्नुपर्ने ओझाले बताए ।
शिक्षकलाई खाना र बस्नको सुविधा पनि पाठशालाले दिने उनको भनाई छ । उक्त दरखास्तमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ । चैतन्य पाठशालामा प्रीस्कुलदेखि कक्षा १२ सम्म पढाई हुन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्