काठमाडौँ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व संकलन गरेको छ । संकलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको २५.८१ प्रतिशत हो ।
आन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ४५ करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिए । ‘चालु आवको पहिलो पाँच महिनामा रु एक अर्ब ३६ करोड नौ लाख ७० हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८४ दशमलव ५० प्रतिशत राजस्व संकलन भयो’, उनले भने ।
आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको पाँच महिनामा आयकरबाट रु ४२ करोड ८८ लाख ३८ हजार, मूल्य अभिवृद्धि करबापत रु ४० करोड ५२ लाख ५८ हजार अन्तःशुल्कबापत रु २६ करोड १० लाख ८४ हजार राजस्व संकलन गरेको छ । गत आव २०८१/०८२ को मङ्सिर मसान्तसम्ममा रु एक अर्ब आठ करोड ८५ लाख २४ हजार राजस्व संकलन भएको प्रमुख कर अधिकृत थापाले जानकारी दिए ।
कार्यालयले राजस्व संकलनको लक्ष्य हासिलका लागि निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै लाभग्राही केन्द्रित व्यवहारिक कर शिक्षा प्रदान गर्ने काम भइरहेको प्रमुख कर अधिकृत थापाले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्