काठमाडौँ । नेपाल बीमा प्राधिकरणका कर्मचारीहरु हड्तालमा उत्रिएका छन् । प्राधिकरणसँग विभिन्न सात बुँदे माग राख्दै प्राधिकरणका कर्मचारीहरु पुस १ गते (मंगलबार)देखि हड्तालमा उत्रिएका हुन् ।
कर्मचारीको हड्ताललाई नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनले अगुवाई गरेको छ ।
पुस १ गतेदेखि हड्ताल सुरु गरेका प्राधिकरणका कर्मचारीले काम दैनिक काम प्रभावित नहुनेगरी हातमा कालोपट्टी बाँधेर काम गर्ने बताएका छन् । उनीहरुले पुस १ गतेदेखि नै कालोपट्टी बाँधेर काम गर्न सुरु गरेका छन् ।
हड्ताल सुरु गर्दै कर्मचारी संघ र युनियनले प्राधिकरणका अध्यक्षलाई पत्र लेख्दै हड्ताल सुरु भएको औपचारिक जानकारी गराएका छन् । माग पूरा नहुन्जेल हड्ताल जारी रहने कर्मचारीहरुले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्