काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि २७ अर्ब बजेट चाहिने भएको छ । गृह मन्त्रालय, निर्वाचन आयोग र सुरक्षा निकायका लागि उक्त बजेट व्यवस्थापन गर्न लागिएको हो ।
आगामी निर्वाचनमा खर्च हुने भनिएको २७ खर्बमध्ये अर्थ मन्त्रालयले निर्वाचन आयोगका लागि ७ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सुनिश्चित गरिरहेको छ । गृह र रक्षा मन्त्रालयले भने सुरक्षाका लागि करिब साढे २० अर्ब रुपैयाँको स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा प्रस्ताव गरेका छन् ।
हाल केन्द्रीय सुरक्षा समिति बैठकले निर्वाचनका लागि १ लाख ४७ हजार निर्वाचन प्रहरी भर्ना गर्ने निर्णय गरिसकेको छ ।
निर्वाचन प्रहरीको पारिश्रमिक, पोसाक, रासन भत्ता, यातायात खर्च, खाजा लगायतमा ९ अर्ब १५ करोड रुपैयाँ खर्च हुने अनुमान छ । सोही अनुसार बजेट विनियोजन गर्न प्रस्ताव गरिएको छ ।
त्यस्तै, निर्वाचनमा नेपाल प्रहरीका लागि ४ अर्ब २ करोड, नेपाली सेनाका लागि ३ अर्ब ४४ करोड, सशस्त्र प्रहरीलाई ३ अर्ब ३३ करोड, देशभरका जिल्ला प्रशासन कार्यालयलाई ३१ करोड ४६ लाख, गृह मन्त्रालयलाई ३१ करोड र राष्ट्रिय अनुसन्धान विभागका लागि ६ करोड ९० लाख विनियोजन गर्न पनि प्रस्ताव गरिएको छ । उक्त प्रस्तावका विषयमा छलफल भइरहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्