Skip to content
LAXMI SUNRISE BANK

जीवन विकास लघुवित्तले १४.७३ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ?

अर्थ सरोकार

काठमाडौँ । जीवन विकास लघुवित्तले लाभांश दिने भएको छ । लघुवित्तले गत आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट सेयरधनीलाई १४.७३ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र ०.७३ प्रतिशत नगद लाभांश गरी कुल १४.७३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४४९ रुपैयाँ रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK