काठमाडौँ । ज्योति विकास बैंकले बैंकका कर्मचारीलाई ज्यान मार्ने धम्की आएपछि लिलामी स्थगन गर्ने पत्र लेखिएको जनाएको छ । बैंकका कर्मचारी कुटपिट प्रकरणबारे बैंकको धारणासहितको प्रेस विज्ञप्ति जारी गर्दै बैंकले कर्मचारीलाई ज्यानै मार्ने धम्की आएपछि तत्कालका लागि लिलामी स्थगन गर्ने पत्र लेखेको जनाएको हो ।
‘…धितो लिलामी स्थगनको निर्णय लिखित रुपमा तत्काल केन्द्रीय कार्यालयबाट पत्र उपलब्ध नगराए ज्यान लिने धम्की दिएको अवस्थामा सुरक्षा निकायबाट कुनै सहयोग नपाएपछि बैंकलाई विकल्पहीन अवस्थामा उक्त पक्र लेख्न बाध्य बनाइएको हो ।’, बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, ऋणबारे छलफलका लागि खटाइएका कर्मचारीलाई ऋणीका परिवार र सहयोगीहरुले नियन्त्रणमा लिएर नियोजित रुपमा दुर्व्यवहार गर्दै ज्यान मार्ने उद्देश्यले गरिएको आक्रमणको बैंकले घोर भत्र्सना गरेको छ ।
बैंकको सप्तरीस्थित रुपनी शाखाका कर्मचारीमाथि दुर्व्यवहार र कुटपिट गर्ने कार्यमा बहालवाला उपमेयर समेतको संलग्नता रहेको बैंकले जनाएको छ । बैंकले उल्लेख गरेकी उपमेयर सप्तकोशी नगरपालिकाकी उपमेयर हुन् । उनी नेपाली काँग्रेसबाट उपमेयर पदमा निर्वाचित भएकी थिइन् ।
हाल बैंकका कर्मचारीमाथि दुर्व्यवहार र कुटपिट गर्नेविरुद्ध बैंकले कानूनी प्रक्रियामा गइसकेको जनाउँदै दोषीलाई कडा कारवाहीको माग गरेको छ ।
२०७८ बैशाख २३ गते सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्मका नाममा प्रवाह भएको ४ करोड ५० लाख रुपैयाँ ऋण असुलीका क्रममा उक्त घटना घटेको थियो । नियमित रुपमा ऋण असुलीका लागि गएका बैंकका कर्मचारीमाथि फर्मका सञ्चालक ऋणीहरुले मंसिर २४ गते दुर्व्यवहार गरेका थिए । उनीहरुले कर्मचारीलाई कालोमोसो दलेर जुत्ताको माला लगाई कुटपिटसमेत गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्