Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकद्वारा स्वास्थ्य केन्द्रहरुमा वाटर प्यूरिफायर तथा डिस्पेन्सर सहयोग

अर्थ सरोकार

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले स्वास्थ्य केन्द्रहरुलाई वाटर प्यूरिफायर तथा डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झापा स्थित दमक नगरपालिका वडा नं. ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई तथा कमल गाउँपालिका वडा नं. ५ स्थित सामुदायिक स्वास्थ्य केन्द्र सिम्लेलाई १-१ थान वाटर प्यूरिफायर तथा डिस्पेन्सर हस्तान्तरण गरेको हो ।

बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले दमक नगरपालिका ०५ का वडा अध्यक्ष इन्द्र गुरुङलाई तथा कमल गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष लाल बहादुर बिष्टलाई १-१ थान वाटर प्यूरिफायर तथा डिस्पेन्सर हस्तान्तरण गरेका हुन् ।

बैंकको यस सहयोगबाट वडामा सेवा लिन आउने सबैजना लाभान्वित हुने विश्वास वडा अध्यक्ष गुरुङ तथ बिष्टले बताए । साथै, यस्तो परोपकारी कार्यक्रम गरेकोमा बैंकलाई धन्यवाद पनि दिए ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, वडा अध्यक्ष तथा वडा कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK