काठमाडौँ । दन्त उपचार र चिकित्सा शिक्षा क्षेत्रमा अग्रणी संस्थाका रूपमा स्थापित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्थापना भएको १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कलेजले शैक्षिक, चिकित्सकीय गतिविधि तथा सम्मान कार्यक्रमसहित वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ ।
सन् २००७ डिसेम्बर १६ मा काठमाडौं विश्वविद्यालयको पहिलो दन्त कलेजका रूपमा स्थापना भएको यो कलेज धापासी–बसुन्धरामा अवस्थित छ । कलेजको मुख्य उद्देश्य नेपालमै गुणस्तरीय दन्त उपचार, शिक्षा र अनुसन्धानको सुविधा उपलब्ध गराउनु हो । हाल कलेजमा ब्याचलर इन डेन्टल सर्जरी (बीडीएस), मास्टर इन डेन्टल सर्जरी (एमडीएस) र बी.एस्सी. इन ल्याबोरेटरी मेडिसिन कार्यक्रम सञ्चालनमा छन् । साथै २०६९ सालदेखि CTEVT को सम्बन्धनमा सर्टिफिकेट इन डेन्टल साइन्स र डिप्लोमा इन फार्मेसी कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।
कलेज तथा अस्पतालमा हाल करिब ५० विभिन्न विधामा अध्ययन–अध्यापन भइरहेको छ भने २२५ जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । स्थापना कालदेखि नै शिक्षा, उपचार र अनुसन्धानलाई समानान्तर रूपमा अघि बढाउँदै आएको कलेजले हजारौँ विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरिसकेको छ ।
अस्पतालले हालसम्म १ लाख ५० हजारभन्दा बढी बिरामीलाई दन्त स्वास्थ्य सेवा दिएको छ भने पछिल्लो एक वर्षमै २० हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् । यस अवधिमा कलेजबाट बीडीएसतर्फ ५७१, एमडीएसतर्फ ४१ जना विशेषज्ञ, सर्टिफिकेट इन डेन्टल साइन्सतर्फ ७६१ तथा डिप्लोमा इन फार्मेसीतर्फ ३३० जना जनशक्ति उत्पादन भएका छन् ।
प्राचार्य प्रा. डा. रविन्द्र मान श्रेष्ठले कलेजले दन्त शिक्षा र उपचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै आधुनिक प्रविधि, अनुसन्धानमुखी शिक्षण र दक्ष जनशक्ति उत्पादनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे । अस्पतालकी निर्देशक डा. प्रतिक्षा श्रेष्ठले सेवा प्रभावकारिता बढाउन सम्पूर्ण सेवा डिजिटलाइजेसन गर्ने तयारी भइरहेको बताइन् ।
संस्थापक डा. बुद्धिमान श्रेष्ठका अनुसार स्वदेशमै गुणस्तरीय दन्त शिक्षा दिने उद्देश्यले कलेज स्थापना गरिएको हो । कलेज अन्तर्गत ओरल एण्ड मेक्सिलोफेसियल ट्रमा सेन्टर, स्पेशल निड्स ओरल हेल्थ सेन्टर, न्यूरोमस्कुलर डेन्टिस्ट्री र एस्थेटिक सेन्टर सञ्चालनमा छन् ।
वार्षिकोत्सवमा काठमाडौं विश्वविद्यालयका पदाधिकारीसहित विभिन्न विशिष्ट व्यक्तिहरूको सहभागिता थियो । सो अवसरमा दीर्घ योगदान पुर्याएका कर्मचारी र उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरिएको छ। कलेजले भविष्यमा सेवा, शिक्षा र अनुसन्धानलाई अझ सुदृढ बनाउँदै स्वास्थ्य क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्