Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच उद्यलमशिलता सुदृढिकरणका लागि सम्झौता

अर्थ सरोकार

काठमाडौँ । कुमारी बैंक लिमिटेडले उद्यमशिलता विकास तथा वित्तिय पहुँच विस्तारका लागि वीनरक इन्टरनेशनलसँग सम्झौता गरेको छ ।

यस सहकार्य अन्तर्गत बैंक र वीनरकले संयुक्तरुपमा लक्षित समुदायको उद्यमशिलता विकास, वित्तिय साक्षरता विकास, उद्यमीहरुको प्राविधिक तथा व्यवस्थापकिय क्षमता सुदृढिकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकास गर्ने छन् ।

दिगो बैंकिङ, वित्तिय समावेशीकरण अनि स्थानिय उद्यम सुदृढिकरण तथा प्रबर्द्धनमा कुमारी बैंकको प्रतिबद्धतालाई पुनः प्रष्ट पार्दै दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले भने ‘यस सहकार्य मार्फत बैंक लक्षित समूहको वित्तिय समृद्धि अभिवृद्धि गर्न तर्फ निरन्तर प्रयत्नशील रहनेछ ।‘

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु तथा ३१७ एटिएम मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK