काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावरले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयर धनीलाई १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले घोषणा गरेको लाभांश साधारण सभाबाट पारित हुन बाँकी छ । कम्पनीले यसअघि आफ्ना सेयरधनीहरुलाई १०.५२ प्रतिशत बोनस सेयर दिएको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनी २५ लाख रुपैयाँ नाफामा छ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार सात सय ८० रुपैयाँ छ । यसपालि कम्पनीले घोषणा गरेको लाभांश वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्