काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गतको ऋणी एशोसिएसन नेपालका संयोजक देवी संग्रौलाले महालक्ष्मी विकास बैंकको टर्चरका कारण ऋणीको ज्यान गएको दाबी गरेका छन् । अर्थ सरोकारको टेलिभिजन कार्यक्रम ‘तथ्य र तर्क’मा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
संग्रौलाका अनुसार महालक्ष्मी विकास बैंकबाट चितवनको टाँडीका एक ऋणीले ५९ लाख ५० हजार ऋण लिएका थिए । आर्थिक मन्दी र बैंकको चर्को ब्याजका कारण किस्ता अनियमित हुँदा बैंकले दिएको टर्चरले ऋणीको मृत्यु भएको संग्रौलाले दाबी गरेका छन् । मृत्यु भएका व्यक्ति पूर्व एसएसपीसमेत रहेको सँग्रौलाको दाबी छ ।
उनले बैंक र तस्करको मिलेमतोमा ऋणीको मृत्युपछि धितोमा राखिएको १२ करोड बराबरको सम्पत्ति ६० लाखमा लिलाम गरिएको बताए । ‘६-७ करोड बराबर पर्ने २३ कठ्ठा जग्गा बैंकले तस्करसँग मिलेर ६० लाखमा लिलाम गर्यो ।’, उनले भने, ‘जसले ६० लाखमा बैंकबाट जग्गा लियो, उसले अर्को व्यक्तिलाई १ करोड ५० लाखमा बेचेको छ । अहिले डिआरडीले पत्र पठाएर उनै ऋणीलाई ४७ लाख तिर्नु भनेको छ । यो कस्तो न्याय हो ?’
त्यस्तै, उनले महालक्ष्मी विकास बैंक तस्करहरुको बैंक भएको पनि आरोप लगाएका छन् । ऋणीलाई कालोसूचीमा राखेर सम्पत्ति लिलाम गरिसकेपछि पनि बैंकले ४७ लाख तिर्नु भन्दै डिआरटीबाट पत्र पठाएर परिवारलाई नै बिचल्ली बनाएको संग्रौलाको आरोप छ ।
‘६ करोडको सम्पत्ति ६० लाखमा बैंकले खायो । ऋणीको मृत्यु भयो । अझै पनि बैंकले ऋणीको परिवारलाई टर्चर दिन छोडेको छैन ।’, उनले भने, ‘अझै पनि महालक्ष्मी विकास बैंक सच्चिएन भने सिइओ, कर्मचारीहरु भाग्ने दिन आउँछ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्