काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ‘ओली कुटी’ प्रति व्यङ्ग्य गर्दै नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै मन्त्री पुनले यस्तो लेखेका हुन् ।
‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कारवाही गर्नुपर्छ ।’, उनले लेखेका छन्, ‘अनी घोर बेइज्जती तथा मानहानीको मुद्दा लगाउनुपर्छ भन्ने मेरो माग छ ।’
व्यङ्ग्य शैलीमा पोष्ट गरिएको महावीर पुनको उक्त पोष्टमा हाकिमले दुई जना बस्ने कुटीको नक्सा बनाउन भनेपछि इन्जिनियरले दरबारको नक्सा बनाउनु हुन्छ त ? भन्दै प्रश्न गरेका छन् । साथै उनले पोष्टको अन्तिममा ‘एक छिन रमाइलो’ पनि लेखेका छन् ।
जेन-जी आन्दोलनमा बालकोटस्थित घर जलेर नष्ट भएपछि हाल एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको भक्तपुरको गुण्डुमा नयाँ निवास बनाइँदैछ । ‘ओली कुटी’ नाम दिइएको उक्त निवासको शिलान्यास मंसिर १८ गते गरिएको थियो । त्यसयता उक्त ‘ओली कुटी’को डिजाइनको तस्विर सामाजिक सञ्जालमा भाइरल छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्