काठमाडौँ । ज्योति विकास बैंकका सूचना अधिकारी प्रकाश बरालले बैंकका कर्मचारीमाथि दुर्व्यवहार हुनुले कर्मचारीको मनोबल नराम्रोसँग गिरेको बताएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै बरालले यस्तो बताएका हुन् ।
मंसिर २५ गते ऋण असुलीका लागि भन्दै गएका बैंकको सप्तरीस्थित रुपनी शाखाका कर्मचारीमाथि दुर्व्यवहार भएको थियो ।
ऋणबारे छलफल गर्न भन्दै गएका कर्मचारीमाथि ऋणी, ऋणीका परिवार र आफन्तले कालोमोसो दलेर जुत्ताको माला लगाएका थिए । त्यति मात्र होइन, कर्मचारीमाथि कुटपिट समेत भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
सो घटनाले अहिले बैंकका कर्मचारी मात्र नभएर समग्र बैंकिङकै मनोबल गिरेको सूचना अधिकारी बरालले बताए । बैंकले जे गर्छ, कानूनी प्रक्रियामा टेकेर गर्छ । तर कानूनी प्रक्रिया छोडेर व्यक्तिगत रुपमा कर्मचारीमाथि हमला हुने, कुटपिट हुने गतिविधिले कर्मचारीको मनोबल गिर्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै बरालले भने, ‘कर्मचारी मात्र होइन, समग्र बैंकिङकै मनोबल गिर्छ ।’
उनले बैंकले आफ्नो प्रक्रिया अनुसार नै असुलीको काम अघि बढाएको र सोही विषयमा छलफल गर्न प्रतिनिधि पठाएको भन्दै सूचना अधिकारी बरालले कर्मचारीमाथि भएको दुर्व्यवहारका विषयमा थप छलफल भइरहेको बताएका छन् । ‘हामीले नियामक निकायलाई जानकारी गराएका छौँ । स्थिति सामान्य भएपछि के गर्ने ? भन्ने विषयमा छलफल हुँदैछ ।’, अर्थ सरोकारसँग उनले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्