काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।
मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाएको छ ।
राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाएर एक करोड रुपैयाँ पुर्याएको छ । ‘बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा रु. ५० लाखबाट वृद्धि गरी रु. १ करोड कायम गरिनेछ ।’, मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।
मौद्रिक नीति सार्वजनिक भएसँगै मौद्रिक नीतिमा गभर्नर डा. विश्वनाथ पौडेलले लिएको लचकताले लगानीकर्तासँगै बैंकरहरु पनि उत्साहित बनेका छन् ।







प्रतिक्रिया दिनुहोस्