काठमाडौँ । नबिल बैंकले चिनियाँ ठेकेदार कम्पनीविरुद्धको मुद्दा जितेको छ । चिनियाँ अदालतमा दायर भएको चिनियाँ ठेकेदार कम्पनी सुइफा एएनएचई ग्रुपविरुद्धको मुद्दा नबिल बैंकले जितेको हो ।
त्रिशूली थ्री–बी परियोजना निर्माणको जिम्मा पाएको सुइफा एएनएचईले २०७४ फागुन ३० गते निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । तर, कम्पनीले काम नगरेपछि त्रिशूली जलविद्युत कम्पनीे २०८० मंसिर ३० गते सुइफा एएनएचईसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।
सम्झौता रद्ध गर्दै कम्पनीले बैंक ग्यारेन्टी जफत गरेको थियो । उक्त आयोजना निर्माणका लागि बैंक ग्यारेन्टीका रुपमा नबिल बैंक थियो । आयोजनाले नबिल बैंकसँगै बैंक ग्यारेन्टी दाबी गरी एड्भान्स र पर्फमेन्स ग्यारेन्टीबापत ७४ करोड ५० हजार अमेरिकी डलर (१ अर्ब ४ करोड रुपैयाँ) भुक्तानी लिएको थियो ।
तर, नबिल बैंकले काउन्टर ग्यारेन्टीबापतको रकम दाबी गरे पनि चिनियाँ बैंक चाइना एभरब्राइटले भुक्तानी दिन अस्वीकार गरेको थियो । चाइर्ना एभरब्राइटले काउन्टर ग्यारेन्टीबापतको रकम भुक्तानी गर्न अस्वीकार गरेपछि नबिलले चिनियाँ अदालतमा मुद्दा दायर गरेको थियो ।
सोही मुद्दाको अन्तिम सुनुवाइमा चिनियाँ अदालतले नबिल बैंकको पक्षमा फैसला गरेपछि नबिल बैंकले काउन्टर ग्यारेन्टीबापत चिनियाँ बैंक चाइना एभरब्राइटबाट पाउनुपर्ने १ अर्ब बढी रकम फिर्ता पाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्