Skip to content
LAXMI SUNRISE BANK

नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश दिने

अर्थ सरोकार

काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश दिने भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको हो ।

लघुवित्तको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १४. २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०. ७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३३ करोड रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK