Skip to content
LAXMI SUNRISE BANK

‘याङ्गो प्रो’का राइडरलाई नेपाल क्याबको ज्याकेट उपहार

अर्थ सरोकार

काठमाडौँ । नेपाल क्याब एण्ड रिसर्च प्रालिले ‘याङ्गो प्रो’का राइडरलाई ज्याकेट उपहार दिएको छ । ‘याङ्गो प्रो’ र नेपाल क्याबबीचको सहकार्यको उपलक्ष्यमा राइडरलाई ज्याकेट उपहार दिइएको नेपाल क्याबका सञ्चालक शेषराज पौडेलले बताएका छन् ।

‘याङ्गो प्रो’सँगको सहकार्यसँगै नेपाल क्याब ‘याङ्गो प्रो’को फ्लिट पार्टनर बनेको छ ।

सोमबार एक कार्यक्रमकाबीच नेपाल क्याबका सञ्चालक पौडेलले राइडरहरुलाई ज्याकेट उपहार दिएका हुन् । ज्याकेट उपहार दिँदै उनले आगामी दिनमा राइडरको सुविधाका लागि थप योजना र स्किम ल्याउने घोषणा समेत गरेका छन् ।

नेपाल क्याबमार्फत ‘याङ्गो प्रो’मा जोडिएका राइडरहरुलाई सहज सेवा मात्र नभएर मेकानिकल रुपमा पनि सहयोग गर्ने पौडेलले बताएका छन् । ‘हामीसँग जोडिएका राइडरलाई सकेजति सुविधा दिनेछौँ ।’, उनले भने, ‘यात्राका क्रममा गाडी बिग्रिए मेकानिक पठाउँछौँ । सम्भव भए बाटोमै रिपेयर गर्छौं, नभए वर्कसपमा ल्याएर सहुलियत मूल्यमा मर्मत पनि गरिदिन्छौँ ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK