Skip to content
LAXMI SUNRISE BANK

नेपाल सेयर बजार लगानीकर्ता संघले भन्यो- ‘रिलायन्स स्पिनिङ मिल्ससँग बार्गेनिङ गरेको आरोप झुठो हो’

अर्थ सरोकार

काठमाडौँ । नेपाल सेयर बजार लगानीकर्ता संघले रिलायन्स स्पिनिङ मिल्ससँग ‘बार्गेनिङ’ गरेको भन्ने आरोप भ्रामक भएको बताएको छ । संघका महासचिव रबिन कँडेलले जारी गरेको वक्तव्यमा संघ र संघका पदाधिकारीलाई बदनाम गर्ने उद्देश्यले लगाएको उक्त आरोप भ्रामक भएको उल्लेख गरिएको छ । 

वक्तव्यमा महासचिव कँडेलले आफू वा संघका कुनै पनि पदाधिकारी अवाञ्छित गतिविधि वा गैरकानूनी ‘बार्गेनिङ’मा संलग्न नभएको दाबी गरेका छन् ।

त्यस्तै, संघले यदि संघ वा संघका पदाधिकारी गैरकानूनी ‘बार्गेनिङ’मा लागेको प्रमाण भए प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिन आह्वान गरेको छ । बरु उक्त विषयमा छानबिन गर्न नेपाल सरकार र नेपाल प्रहरीसँग सहकार्य गर्न तयार रहेको पनि संघले जनाएको छ ।

आफूहरुले पूँजी बजार सुधारका लागि नेपाल धितोपत्र बोर्डले ऐनविपरीत गरेका निर्णयविरुद्ध न्यायिक प्रक्रियामा जाँदा उक्त कदमलाई लिएर रिलायन्स स्पिनिङ मिल्स लगायतका पक्षसँग ‘बार्गेनिङ’ गरिएको भन्दै लगाइएको आरोपप्रति संघले आपत्ति समेत जनाएको छ । 

बरु न्यायिक प्रक्रियालाई प्रभावित पार्न संघका पदाधिकारीलाई धम्की, मानसिक दबाब र सामाजिक सञ्जालमार्फत लोभ्याउने प्रयास भएको संघले दाबी गरेको छ । त्यस्तै, संघले नेपाल सेयर बजार लगानीकर्ता संघ पूँजीबजारको सुधारको पक्षमा रहेको र कुनै स्वार्थ केन्द्रित गतिविधिमा संलग्न नरहेको पनि स्पष्ट पारेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK