काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार ७ सय ३ सय ७२ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब २३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार बन्दीपुर केवलकार एण्ड टुरिजमको भएको छ । यस कम्पनीको १८ करोड ४९ लाख ७६ हजार ७ सय ६९ रुपैयाँ बराबरको भएको छ ।
त्यस्तै, बुधबारको बजारमा सागर डिष्टिलरीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज सागरसहित माबिलुङ र झापा इनर्जीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, समलिङ्ग पावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्