Skip to content
LAXMI SUNRISE BANK

आइतबार २१.४८ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २५ कम्पनीको एक करोड ७ लाख १८ हजार ६ सय १५ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सागर डिष्टिलरीको भएको छ । यस कम्पनीको ४३ करोड ६९ लाख ५५ हजार ८९ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । स्वस्तिकसँगै श्रीनगर अग्रिटेकको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ ।

यता, बुङ्गल हाइड्रोका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK