Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ७.३९ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ७.३९ अंकले बढेर २६१४.०७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ३१ कम्पनीको ८७ लाख ४२ हजार ८४ कित्ता सेयर खरिद बिक्री हुँदा तीन अर्ब ७५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङ्गादि ग्रुप पावरको भएको छ । यस कम्पनीको ३१ करोड ९२ लाख ६ हजार ७ सय १३ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा स्वस्तिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, हिम स्टार उर्जा कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK