Skip to content
LAXMI SUNRISE BANK

दिक्क लाग्दो घटाइपछि टुच्च बढ्यो नेप्से

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४.४९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ४२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एसवाई प्यानल नेपालको भएको छ । यस कम्पनीको ३० करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK