काठमाडौँ । कर्मचारी सञ्चय कोषले नयाँ ब्याजदर घोषणा गरेको छ । कोषले आर्थिक वर्ष २०८२/८३ मा कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने वार्षिक ब्याजदर पुनरावलोकन गरी नयाँ ब्याजदर घोषणा गरेको हो ।
कोषले घोषणा गरेको नयाँ ब्याजदर पुष १ गतेदेखि लागू हुने कोषले जनाएको छ ।
कोषले न्यूनतम ४.२५ देखि अधिकतम ७.२५ प्रतिशतसम्म ब्याजदर घोषणा गरेको छ । कोषका अनुसार सञ्चय कोष र निवृत्तिभरण कोषमा ४.२५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
त्यस्तै, कोषले सञ्चयकर्ता सापटीमध्ये विशेष सापटीको ब्याजदर ५.७५ प्रतिशत, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७ प्रतिशत, जग्गा खरिद सापटी र सरल सापटीमा ७.२५ प्रतिशत ब्याजदर लिने घोषणा गरेको छ ।
त्यस्तै, विशेष सापटी बाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रुपमा चुक्ता गर्ने सञ्चयकर्ताको हकमा ०.२५ प्रतिशतले छुट दिने पनि कोषले घोषणा गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्