Skip to content
LAXMI SUNRISE BANK

निफ्राले तीन पटकसम्म लिलाम प्रक्रियामा लगेपछि मात्र आफैँ धितो सकार्न पाउने

अर्थ सरोकार

काठमाडौँ । नेपाल पूर्वाधार विकास बैंक (नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक-निफ्रा) ले तीन पटकसम्म लिलाम प्रक्रियामा लगेपछि मात्र धितो आफैँ सकार्न पाउने भएको छ ।
नेपाल राष्ट्र बैंकले निफ्राका लागि जारी गरिएको एकीकृत निर्देशिका, २०८१ मा संशोधन गर्दै गैरबैंकिङ सम्पत्तिको नोक्सानी र लिलाम बिक्री सम्बन्धमा नयाँ व्यवस्था ल्याएको हो । कर्जा असुल गर्न कम्तिमा तीन पटकसम्म धितो लिलाम प्रक्रिया पूरा गर्दासमेत उक्त धितो बिक्री नभएमा मात्र आफैँले सकार गर्नुपर्नेछ ।
गैरबैंकिङ सम्पत्तिमा सकार गरेकै मितिदेखि शतप्रतिशत नोक्सानी कायम गर्नुपर्ने व्यवस्था हटाइएको छ । गैरबैंकिङ सम्पत्ति बिक्री भएको अवस्थामा त्यस्तो सम्पत्तिका लागि खडा गरिएको नोक्सानी व्यवस्थाको आवश्यक हिसाब मिलान गर्नुपर्ने व्यवस्था हटाइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK