काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ । यो सुविधामार्फत क्रेडिट कार्डधारकहरूले अब ५ हजार भन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (EMI)मा रूपान्तरण गर्न सक्नेछन् ।
यो प्रक्रियामा ग्राहकले आफ्नो खरिद बिल र पिओएस स्लिप १० दिनभित्र इएनएमबि एप वा बैंकको वेबसाइटमार्फत इन्स्टा बाइ पोर्टलमा अपलोड गर्न सक्नेछन् ।
न्युनतम शुल्क तथा ब्याजदर, अग्रिम भुक्तानीमा कुनै जरिवाना नलाग्ने व्यवस्था र शाखा धाउन नपर्ने सुविधा सहित, ‘इन्स्टा बाइ’ मर्फत स्वास्थ्य परिक्षण, यात्रा, जीवनशैली वा चाडपर्वका लगायतमा हुने खर्चहरू सहज रूपमा व्यवस्थापन गर्न सकिने छ ।
एनएमबि बैंकले देशभरका २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रवाह गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्