काठमाडौँ । रिलायन्सको आइपीओ तत्काल रोक्नपर्ने र नेपाल धितोपत्र बोर्डका अध्यक्षको राजिनामाको माग लिएर बोर्डमा आन्दोलन गर्न पुगेका जेनजी लगानीकर्ताहरुले अध्यक्ष विना वार्ता नगर्ने सर्त राखेका छन् । जेनजी युवाहरु आन्दोलनका लागि आएको खबर पाएसँगै बोर्डबाट निस्किएका श्रेष्ठ नदेखेपछि जेनजीहरुले अध्यक्ष विना वार्ता नगर्ने सर्त राखेका हुन् ।
उनीहरुले अध्यक्ष खोजेपछि बोर्डका अधिकारीहरुले श्रेष्ठलाई फोन लगाएका थिए । तर तीन पटक निरन्तर फोन गर्दा पनि श्रेष्ठले फोन उठाएनन् ।
अहिले आन्दोलनकारीहरुले बोर्डका अधिकारीहरुलाई र्याखर्याख्ती पारिरहेका छन् ।
उनीहरुले अध्यक्ष सन्तोष नारायण श्रेष्ठको राजिनामासमेत मागेका छन् । साथै रिलायन्स भ्रष्टाचार प्रकरणको निष्पक्ष छानविन हुनुपर्ने, र भ्रष्टचारमा संलग्नहरुलाई कारवाही गर्नुपर्ने मागसमेत उनीहरुले राखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्