काठमाडौँ । वैदेशिक रोजगारीका लागि बुल्गेरिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन जिल्ला माडी नगरपालिका वडा नं. ५ घर भई काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नं. ९ बस्ने ५० वर्षीय ज्ञानराज सुवेदी रहेका छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले आकर्षक तलबको प्रलोभनमा पारेर एक जनालाई बुल्गेरिया पठाइदिन्छु भन्दै ८ लाख रुपैयाँ ठगी गरी सम्पर्क विहिन भएका थिए ।
पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुवेदीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्