काठमाडौँ । वैदेशिक रोजगारका लागी युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी भएको पाइएको छ । बेरोजगार युवा-युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेको पाइएको हो ।
पीडितले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले रकम ठगी गर्ने एक जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १५ घर भएका ५० वर्षीय लाल बहादुर बराइली रहेका छन् ।
उनले राम्रो देश, राम्रो काम र तलबको प्रलोभनमा पारेर युके पठाउने भन्दै एक जना व्यक्तिबाट ५२ लाख रुपैयाँ ठगी गरी सम्पर्क विहिन भएका थिए । बराइलीलाई पुस १ गते काठमाडौँ महानगरपालिका वडा नं. १२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय विदेश पठाउने भन्दै रकम ठग्ने र ठगिनेको संख्या बढ्दै गएको छ । देशमा रोजगारीको अभावका कारण पनि विदेश जान चाहनेहरु बढिरहेको र यस्ता घटनाहरु पनि दिनप्रति दिन बढ्दै गएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्