काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
हकप्रद सेयर बिक्रीमार्फत आएको रकममध्ये ५० प्रतिशत रकम बैंकको ऋण तिर्न र बाँकी ५० प्रतिशत रकम अर्को आयोजना निर्माणमा खर्च गरिने कम्पनीले जनाएको छ ।
हकप्रद सेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पुस २३ गते हुने कम्पनीको वार्षिक साधारण सभामा पेस गर्ने कम्पनीले जनाएको छ । कम्पनीले साधारण सभा र हकप्रद सेयर सुरक्षित गर्नका लागि पुष ११ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ ।
पुष १० गतेसम्म कायम रहेका सेयर धनीहरुले मात्र कम्पनीको हकप्रद सेयरमा भाग लिन पाउनेछन् । कम्पनीको साधारण सभा काठमाडौँको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्