काठमाडौँ । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा ८ अर्ब बढी भ्रष्टाचार भएको अख्तियारले निष्कर्ष निकालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल निर्माणका क्रममा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ भन्दा बढी भ्रष्टचार भएको निष्कर्ष निकालेको हो ।
८ अर्ब बढी भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको छ ।
मुद्दामा अख्तियारले पूर्व पर्यटनमन्त्रीहरु रामकुमार श्रेष्ठ, पोष्टबहादुर बोगटी, भीमप्रसाद आचार्य र दीपक चन्द्र अमात्यलाई विपक्षी बनाएको छ । भ्रष्टाचार मुद्दामा विपक्षी बनाइएको पूर्वमन्त्रीसमेत रहेका बोगटीको निधन भइसकेको छ । उनी माओवादीको नेता समेत थिए ।
त्यस्तै, तत्कालीन अर्थमन्त्री रामशरण महत, तत्कालीन सचिव तथा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरु त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारी लगायत ५५ जनालाई पनि उक्त मुद्दामा प्रतिवादी बनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्