Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । जेन-जी अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहले सोमबार काठमाडौंको माइतीघरमा आन्दोलन सुरु गरेको छ ।

अन्तरिम सरकारविरुद्ध उक्त समूहले बिहानदेखि माइतीघरमा विरोध प्रदर्शन गरिरहेको छ । आन्दोलनमा सहभागी जेनजी युवाहरुले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।

जेनजीका विगतका माग पूरा नगरेको भन्दै उनीहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । माइतीघरमा डा. निकोलस भुसालको समूह पनि देखिएको छ ।

प्रदर्शनका कारण माइतीघर, थापाथली, बबरमहल लगायतका क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । त्यस क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ । आन्दोलनका लागि भेला भएका जेनजी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ । भुसालसहित केही युवालाई नियन्त्रणमा लिइएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK