Skip to content
LAXMI SUNRISE BANK

३ करोड ७४ लाख धरौटी बुझाएर छुटे रवि लामिछाने

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रिहा भएका छन् । अदालतको आदेश अनुसार कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर रवि रिहा भएका हुन् ।

शुक्रबार भैरहवास्थित जिल्ला अदालत रुपन्देहीमा सो रकम बराबरको बैंक जमानत बुझाएर रवि रिहा भएका छन् ।

रविलाई बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रिहा गर्न आदेश दिएको थियो । अदालतले दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बराबर रकम र जिल्ला अदालत रुपन्देहीको आदेश अनुसार एक करोड रुपैयाँ पनि बुझाउन आदेश दिएको थियो ।

रविले यी दुई फरक–फरक धरौटी गरी कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर रिहा भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK