Skip to content
LAXMI SUNRISE BANK

रमेश लेखकको प्रश्न- ‘मैले मान्छे मार्नु भनेर आदेश दिन सक्छु ?’

अर्थ सरोकार

काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले आफूले ‘मान्छे मार्नु’ भनेर आदेश नदिएको बताएका छन् । सोमबार जाँचबुझ आयोगमा बयान दिएर पत्रकार सम्मेलन गरेका लेखकले यस्तो बताएका हुन् ।

उनले आफूले ‘मान्छे मार्नु’ भनेर आदेश नदिएको र दिन नसक्ने बताएका छन् । 

‘मैले मान्छे मार्नु भनेर आदेश दिन सक्छु ?’, उनले प्रश्न गर्दै भने, ‘अहँ, सक्दिन । मैले त्यस्तो गलत काम गर्नै सक्दिन ।’ 

त्यस्तै, उनले आफू गृहमन्त्री हुँदा आन्दोलनका क्रममा युवाहरुको मृत्यु भएपछि आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । जेन-जी आन्दोलन र भदौ २३ र २४ गते जेन-जीको मनोभावमाथि घुसपैठ भएर आन्दोलन हिंसात्मक बनेको पनि लेखकले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK