काठमाडौँ । प्रभु बैंकका सीइओ, डेपुटी सीइओसहित ३ कर्मचारीलाई अनुसन्धानका लागि भन्दै सीआईबीले पक्राउ गरेपछि यति बेला बैंकिङ क्षेत्र तरंगित छ । अझ, सोहि दिनदेखि बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्त बिदामा बसेपछि उनी ‘फरार’ भन्ने हल्ला चलेको छ । तर उनी फरार भएको हल्ला सत्य नभएको र उनी, बैंकबाट शुक्रबार नै बिदा अप्रुभ गराएर, आइतबारदेखि आफन्तको विवाहमा सरिक हुन आफ्नो गृहनगर महेन्द्रनगर पुगेको पाइएको छ।
अर्थ सरोकारको सम्पर्कमा आएकी पन्तले आफु आफन्तको विवाहका लागि आएको बताईन् । ‘म शुक्रबार नै विदा अप्रुभ गराएर बसेकी थिएँ । त्यसका लागि आइतबार विहानको टिकटसमेत काटिसकेको थिएँ ।’ पन्तले अर्थ सरोकारसँग भनिन्, ‘म यता आईसकेको अवस्थामा उता हेड अफिसमा प्रहरीले सीइओ सरसहितलाई नियन्त्रणमा लिएको थाहा पाएँ ।’
पन्तले आफु मामाको छोराको विवाहमा सरिक हुन आएको र बिदा सकिनेबित्तिकै कार्यालय फर्किने बताईन् । ‘मामाको छोराको विहेमा पनि सरिक हुने, र परिवारसँग घुम्ने पनि भनेर म सुदूरपश्चिम आएको थिएँ । घुमघाम केहि छोट्याएर कार्यालय फर्किनेगरी तयारी गरेको छु ।’ पन्तले भनिन्, ‘यहि बेला म भागेको हल्ला चलाइयो ।’
पन्तले आफुमाथि कहिँ कतै पक्राउ पूर्जी नभएको, आफुलाई अनुसन्धानका लागि कहिँकतैबाट पत्राचार पनि नभएको र आफु नियमित काममा फर्किने बताईन् ।
‘तपाईंविरुद्ध अनुसन्धान भईरहेको छ भन्ने चर्चा छ नि ?’ भन्ने हाम्रो प्रश्नमा रश्मीले सो कुरा ‘अफवाह’ भएको दाबी गरिन् । ‘बैंकका सरहरु प्रहरी नियन्त्रणमा केहिले धमिलो पानीमा माछा मार्ने प्रयास गर्नुभएको छ । त्यस्तो केहि छैन । म नियमित काममा फर्कनेछु।’
पन्त बिदामा बस्नु र बैंकका सीइओसहितका कर्मचारी पक्राउ पर्नु नमिठो संयोग मात्र भएको भन्दै बैंकका अन्य सिनियर कर्मचारीले पनि पन्त नमिठो संयोगले पिरोलिएको दाबी गरे । ‘रश्मीजीको प्रगति देखि कतिलाई डाहा भएको छ । कतिले महिलाले राम्रो गरेको देखिसहेका छैनन् । रश्मीजी बिदामा हुनुहुन्छ, बिदा सकेर फर्किहाल्नुहुन्छ ।’ बैंकका सिनियर कर्मचारीले अर्थ सरोकारसँग भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्