Skip to content
LAXMI SUNRISE BANK

कुलमानसँग रवि र बालेनको वार्ता असफल, मिल्ने टुंगो नभएपछि समानुपातिकको सूची बनाउँदै उज्यालो नेपाल पार्टी

अर्थ सरोकार

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र बालेन्द्र शाह (बालेन)सँगको वार्ता असफल भएपछि कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टी समानुपातिकतर्फको उम्मेदवार सूची बनाउने तयारीमा लागेको छ । 

पदीय बाँडफाँडमा सहमति जुट्न नसकेपछि एकता नहुने देखिएको उज्यालो नेपाल पार्टीका एक नेताले बताएका छन् । 

यता उज्यालो नेपाल पार्टीले प्रगतिशील लोकतान्त्रिक पार्टीसँग पनि एकताका लागि वार्ता गरेको थियो । तर, अन्य दलसँग पनि सहमति नजुटेपछि हाल उज्यालो नेपाल पार्टी समानुपातिक उम्मेदवारको सूची तयार गर्ने गृहकार्यमा लागेको पार्टीका एक नेताले बताएका छन् । 

आज समानुपातिक तर्फका उम्मेदवारको नाम पेश गर्ने आज अन्तिम दिन हो । राजनीतिक दलहरुले समावेशीताको आधारमा १ सय १० उम्मेदवारको सूची आयोगमा बुझाउनुपर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK