काठमाडौँ । सडक डिभिजन कार्यालय काठमाडौँले सहरी क्षेत्रका सडक खाल्डाखुल्डी–रहित (पोटहोल फ्री) बनाउन विशेष अभियान सुरु गरेसँगै सडक मर्मतका काम तीव्र रूपमा अघि बढाइएको छ । डिभिजन कार्यालयले चक्रपथभित्रका सडकको मर्मत सम्पन्न गरी अब चक्रपथबाहिरका सडक मर्मततर्फ ध्यान केन्द्रित गरेको जनाएको छ । नियमित रूपमा मर्मत हुँदै आएका सडकका खाल्डाखुल्डी तत्काल सुधार गर्नका लागि कार्यालयले ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ सेवा सुरु गरेको हो ।
मंसिर ११ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले काठमाडौँ सडक डिभिजन कार्यालयमा पोटहोल मर्मत एम्बुलेन्स र पोटहोल मर्मतसम्बन्धी मोबाइल एपको शुभारम्भ गरेका थिए ।
डिभिजन कार्यालयका इन्जिनियर रामचन्द्र फुयाँलका अनुसार सो एम्बुलेन्समार्फत ४७२ किलोमिटर सडकलाई पूर्ण रूपमा खाल्डाखुल्डी रहित बनाइने लक्ष्य छ । वर्षभरि ३६५ दिन, २४ घण्टा सञ्चालन हुने एम्बुलेन्स सेवा आपतकालीन अवस्थामासमेत सक्रिय रहने छ ।
पोटहोल मर्मतका लागि मुलपानी क्षेत्रमा खटिएका इन्जिनियर फुयाँलले अत्यधिक सवारी चापका कारण अधिकांश मर्मतकार्य रातिको समयमा गरिने बताएका छन्। बाँकी तस्विरमा हेर्नुहोस्:


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्