काठमाडौँ । नेपालमा विभिन्न समयमा हुँदै आएको आन्दोलनका क्रममा पटक पटक निशानामा पार्दै आएको संघीय संसद् भवन अन्ततः गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सुरक्षित हुन सकेन, जेन जी आन्दोलनकारीहरुले संसद् भवन लक्षित गरेका प्रदर्शनी रोक्न प्रहरीले गोली समेत प्रहार गर्नु परेका थियो, गोली प्रहारबाट २३ गरेको प्रदर्शनीमा १९ जनाले ज्यान गुमाएका थिए । कडा सुरक्षा घेरा रहने संसद् भवन अन्तत भाद्र २४ गरेको आगजनीले पूर्ण रुपमा भग्नावशेषमा परिणत भएको छ ।
निर्वाचन प्रणालीबाट चुनिएर आएका प्रतिनिधिहरूले देशलाई आवश्यक नीति नियम र कानून निर्माण गर्ने महत्वपूर्ण थलोको रुपमा रहेका संसद् जेन जी आन्दोलन पश्चात विगठन भएको छ । सुशीला कार्कीको अन्तरिम सरकारले यही फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा समेत गरी सकेको छ ।
सरकारको महत्वपूर्ण अंगको रूपमा रहेको व्यवस्थापिका अर्थात् संसदीय अभ्यास नेपालले सुरु गरेको १९ वर्ष पूरा भएको छ । संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन २०५८ सालमा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । छुट्टै ऐनद्वारा संसद् सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ ।
नेपालको संविधानको धारा २०७ मा संघीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा त्यससम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुने व्यवस्था छ। निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यवसायिक सेवा हो ।
राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको संघीय संसदलाई प्रशासनिक र प्राविधिक सहयोग पुर्याउँदै आएको संसदीय सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानून निर्माण प्रक्रियामा अत्यन्तै महत्त्वपूर्ण रहेको छ । संसदलाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि र भौतिक सामग्री लगायत उपलब्ध गराउनु संघीय संसद् सचिवालयको कार्य रहँदै आएको छ । संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय काम कारबाहीमा अविच्छिन्न सहयोग पुगेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्