Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकको २१औँ वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

अर्थ सरोकार

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभा पुस ७ गते काठमाडौँमा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७ सय १९ रुपैयाँ ५५ पैसाको ५.३५८३ प्रतिशत अर्थात् १९ करोड ५ लाख ५३ हजार ६ सय २६ रूपैयाँ ३० पैसा बराबरको नगद लाभांश (करसहित) तथा ५ प्रतिशत अर्थात १७ करोड ७८ लाख १२ हजार ७ सय ८५ रुपैयाँ ९८ पैसा बराबरको बोनस सेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ ५३ पैसा पुग्ने भएको छ ।

त्यस्तै, साधारण सभाले आर्थिक वर्ष ०८१/८२ को वित्तीय विवरण सहित लेखा परीक्षकको नियुक्ति, प्रबन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।

बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK