काठमाडौँ । बाग्लुङ केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बैंकर शिवराम जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले ४ वर्षका लागि जोशीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
२०६३ चैत्रबाट छिमेक लघुवित्तमा फिल्ड सहायकबाट लघुवित्त सेवामा प्रवेश गरेका जोशीले, २०६६ मा मुक्तिनाथ विकास बैंकको लघुवित्त विभाग, २०६७ देखि २०७५ साउन २ गते सम्म तत्कालीन ओम डेभलपमेन्ट बैंकको लघुवित्त विभागमा प्रमुख भई कार्य गरेका जोशीले २०७५ श्रावण देखि २०७६ मंसिर २२ सम्म कालिका लघुवित्त वित्तीय संस्थाको सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए भने धौलागिरी लघुवित्तमा २०७६ मंसिर २५ गते देखी नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत जोशी मिति २०८१ मंसिर १७ गते बाट का. मु. प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका थिए ।
करिब २ दशक लामो समय लघुवित्त क्षेत्रमा कार्यरत रहेका उनी एक अनुभवी बैंकर हुन् । उनी प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दा नियामकीय निर्देशनहरूको अधीनमा रही धौलागिरी लघुवित्तका सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने र सेयर होल्डरहरूलाई यथोचित प्रतिफल प्रदान गर्ने विश्वास सञ्चालक समितिले लिएको छ ।
नियुक्ति पश्चात जोशीले मुलुककै पुरानो, प्रतिष्ठित मध्येको एक लघुवित्त संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिँदा गर्व र दायित्वबोध दुवै महसुस भएको बताए । उनले आफ्नो कार्यकालमा लघुवित्तको सन्तुलित व्यापार विस्तार, थप सुदृढ ग्राहक सेवा र सुविधाहरू, नयाँ र सुरक्षित प्रविधियुक्त बैङ्किङका सेवा प्रदान गर्दै लगानीकर्तालाई उचित प्रतिफलका साथै बजारमा लघुवित्तको सम्मानजनक उपस्थितलाई अझ मजबुत बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
उनले धौलागिरी लघुवित्तको ब्रान्ड, नेटवर्क र सशक्त बजार हिस्सा बढाउन आफूले प्रयत्न गर्ने बताए साथै धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदमा नियुक्त गरेकोमा वित्तीय संस्थाको सञ्चालक समिती प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे ।
लघुवित्तमा कर्जा व्यवस्थापन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन र मर्जर व्यवस्थापन लगायत समग्र लघुवित्तको कार्यकारिणी तहमा काम गरिसकेका जोशी एक अब्बल बैंकरका रूपमा परिचित छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्