काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको हो ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँको करसहित २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सेयरधनीले प्रतिकित्ता २५ रुपैयाँका दरले नगद लाभांश पाउने छन् ।
उक्त प्रस्तावित लाभांश नियामक बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले बैंक खातामा नगद लाभांश पाउने कम्पनीले जनाएको छ । हाल सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७१४ रुपैयाँ छ ।
इन्स्योरेन्सले सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ मा ३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्