Skip to content
LAXMI SUNRISE BANK

देवकोटाले नेतृत्व सम्हालेपछि सुध्रियो सिन्धुको वित्तीय अवस्था, कर्जा असुलीमा व्यापक प्रगति

अर्थ सरोकार

काठमाडौँ । सिन्धु विकास बैंकको वित्तीय अवस्थामा उल्लेखनीय सुधार भएको छ । बैंकको कार्यकारी प्रमुखमा सुरेश देवकोटा नियुक्त भएसँगै सिन्धु विकास बैंकको वित्तीय अवस्थामा उल्लेखनीय सुधार आएको हो । 

बैंकको रिपोर्टअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा सिन्धु विकास बैंकको वित्तीय सूचकहरुमा व्यापक प्रगति देखिएको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५.४६ प्रतिशतबाट बढेर ३१.७६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा ६५ रुपैयाँ ५० पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २०८२ असार मसान्तमा बढेर ९७.२४ रुपैयाँ पुगेको छ ।

देवकोटाले नेतृत्व सम्हालेसँगै बैंकका निष्कृय कर्जाको असुलीमा उल्लेखनीय सुधार हुँदा बैंकको वित्तीय सूचकहरुमा पनि प्रगति देखिएको हो । गत आर्थिक वर्षमा १०.६३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात २०८२ असार मसान्तसम्ममा घटेर ६.०८ प्रतिशतमा झरेको छ । त्यस्तै, असार मसान्तमा बैंकको पूँजीकोष अनुपात पनि १३.०७ प्रतिशत पुगेको छ । 

यसो त विगतमा पूँजीकोष अनुपात ६ प्रतिशत हाराहारीमा भएकै कारण सिन्धु विकास बैंकलाई राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको थियो । तर, हाल पूँजीकोष अनुपात तोकिएको सीमा भन्दा माथि रहेकाले छिट्टै बैंकमाथि गरिएको शीघ्र सुधारात्मक कारवाही हट्ने बैंकले विश्वास गरेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाइसकेको छ । 

यता नेटवर्थमा उल्लेख्य सुधार भए पनि विगतका वर्षहरुको संचित नोक्सानीको कारणले यसवर्ष बैंकले कुनै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । हाल प्रादेशिकस्तरको पाँच जिल्ला कार्यक्षेत्र रहेको बैकले सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर र चितवन जिल्लामा आफ्नो २५ वटा शाखा र एउटा एक्टेन्सन काउन्टर मार्फत करिब डेढ लाख ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK