काठमाडौँ । पछिल्लो पाँच महिनामा नेपालमा १९ अर्ब भन्दा बढीको स्मार्टफोन आयात भएको पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनासम्ममा नेपालमा कुल १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँको १० लाख ७० हजार थानभन्दा बढी स्मार्टफोन आयात भएको पाइएको हो ।
गत आर्थिक वर्षको सोहि अवधिमा नेपालमा १५ अर्ब १८ करोड रुपैयाँभन्दा धेरैको ९ लाख ९० हजार थान बढी स्मार्टफोन आयात भएको थियो ।
मंसिर महिनामा मात्रै ३ अर्ब बराबरको फोन आयात भएको भन्सार विभागले जनाएको छ ।
पछिल्लो समय विशेष गरी ठूलो स्क्रिन भएका, ह्याङ नहुने, लामो समयसम्म नतात्ने र ब्याट्री क्षमतामा सुधार भएको स्मार्टफोनप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । साथै, अनलाइन गेम, भिडियो स्ट्रिमिङ र मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढेसँगै उच्च क्षमताका फोनको माग झन् तीव्र बन्दै गएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्