Skip to content
LAXMI SUNRISE BANK

दिपेन्द्र अग्रवाल पक्राउ

अर्थ सरोकार

काठमाडौँ । सेयर कारोबारी दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । विभिन्न कम्पनीको सेयर कारोबार गर्दा भित्री कारोबारमा संलग्न रहेको आरोपमा अग्रवाल पक्राउ परेका हुन् ।

उनी भित्री कारोबारमा संलग्न भएको निष्कर्षसहितको बोर्डले फाइल सीआईबीमा पठाएको थियो ।

नेपाल धितोपत्र बोर्डले गरेको प्रारम्भिक जाँचबुझ अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबारमा भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गर्दै करिब ४९ लाख १९ हजार रुपैयाँ अवैध नाफा आर्जन गरेको देखिएको बोर्डको दाबी छ ।

अन्य टीएमएएस युजर प्रयोग गरी आपसी खरिद बिक्री तथा आफन्त सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको तथा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएकोसमेत बोर्डको दाबी छ । उनले धितोपत्र ऐनको दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूर गरेको फेला परेको बोर्डको दाबी छ ।

सीआईबीका प्रवक्ता शिव श्रेष्ठले समेत अग्रवाल पक्राउ परेको पुष्टि गरेका छन् ।

प्रहरीले उनलाई केहि समय अघि मात्र पक्राउ गरेको हो । हाल उनलाई सीआईबीको हिरासत कक्षमा राखिएको छ । हाल उनलाई बाहिरका कसैलाई पनि भेट्न दिईएको छैन ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK