Skip to content
LAXMI SUNRISE BANK

रवि-बालेन वार्तास्थलबाट सुदन गुरुङले भने- ‘गेटमा ताला लगाइदियौँ, दुई जना नमिलेसम्म खोल्दैनौँ, भित्रै थुन्छौँ’

अर्थ सरोकार

काठमाडौँ । जेन-जी अगुवा सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नमिलेसम्म गेटको ताला नखोल्ने बताएका छन् । 

वार्तास्थल ललितपुरको कुपन्डोलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा रवि-बालेनबीच वार्ता चलिरहेका बेला सुदन गुरुङले गेटमा ताला लगाइदिएका छन् । 

वार्तास्थलमा गेटमा ताला लगाइदिएको गुरुङ आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले आफूहरु बाहिर बसेको र गेटमा ताला लगाइदिएको जानकारी दिँदै दुई जना नमिलेसम्म गेटमा लगाइएको ताला नखोल्ने समेत बताएका छन् ।

‘…हाम्रो दुई जना नेता भित्रै हुनुहुन्छ । जबसम्म उहाँहरु दुई जना मिल्नु हुँदैन, तबसम्म यो गेट खुल्दैन ।’, उनले भनेका छन्, ‘हामीले यहाँ ताला लगाएर राखेका छौँ ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK