Skip to content
LAXMI SUNRISE BANK

रवि-बालेन वार्तास्थलबाट सुदन गुरुङले भने- ‘गेटमा ताला लगाइदियौँ, दुई जना नमिलेसम्म खोल्दैनौँ, भित्रै थुन्छौँ’

अर्थ सरोकार

काठमाडौँ । जेन-जी अगुवा सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नमिलेसम्म गेटको ताला नखोल्ने बताएका छन् । 

वार्तास्थल ललितपुरको कुपन्डोलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा रवि-बालेनबीच वार्ता चलिरहेका बेला सुदन गुरुङले गेटमा ताला लगाइदिएका छन् । 

वार्तास्थलमा गेटमा ताला लगाइदिएको गुरुङ आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले आफूहरु बाहिर बसेको र गेटमा ताला लगाइदिएको जानकारी दिँदै दुई जना नमिलेसम्म गेटमा लगाइएको ताला नखोल्ने समेत बताएका छन् ।

‘…हाम्रो दुई जना नेता भित्रै हुनुहुन्छ । जबसम्म उहाँहरु दुई जना मिल्नु हुँदैन, तबसम्म यो गेट खुल्दैन ।’, उनले भनेका छन्, ‘हामीले यहाँ ताला लगाएर राखेका छौँ ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK