काठमाडौँ । विश्व माटो दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पीस फोरम र चन्द्रनगर गाउँपालिकासँग सहकार्य गर्दै सर्लाहीमा व्यापक वृक्षारोपण अभियानको सुरुवात गरेको छ । वातावरण संरक्षण र दीर्घकालीन सामुदायिक कल्याणलाई लक्षित यस अभियान अन्तर्गत आज चन्द्रनगर गाउँपालिका-२ स्थित श्री दुर्गा खोंभारी जनता माध्यमिक विद्यालयमा १,७५० मोरिङ्गा (सजिवनी) बिरुवा रोपेर कार्यक्रमको पहिलो चरण सम्पन्न गरिएको हो ।
सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं, मधेश प्रदेश प्रमुख नबराज चौधरी, वृक्षारोपण अभियानका अभियन्ता बासु गौतम र गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले संयुक्त रूपमा कार्यक्रम उद्धघाटन गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीको मधेश प्रदेश अनतर्गतका विभिन्न शाखाका शाखा प्रमुख तथा अभिकर्ताहरुको उपस्थिति पनि रहेको थियो । त्यस्तै सो कार्यक्रममा स्थानीय सामुदायिक अगुवाहरू, विद्यालय प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
वक्ताहरूले मोरिङ्गा बिरुवाको उच्च औषधीय तथा पोषक मूल्यको चर्चा गर्दै वातावरणीय दिगोपनमा सामुदायिक साझेदारी अनिवार्य रहेको उल्लेख गरे । उनले आगामी दिनमा चन्द्रनगर गाउँपालिकाका अन्य वडाहरूमा पनि क्रमबद्ध रूपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै जाने जानकारी दिए ।
सन नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व, वातावरणीय संरक्षण र दीर्घकालीन सुरक्षा संस्कृति प्रवर्द्धनलाई संस्थागत प्राथमिकतामा राख्दै देशभर यस्ता गतिविधिहरूलाई विस्तार गर्दै आएको छ ।
हालै सन नेपाल लाइफले देशभरी १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमा सम्बन्धी सुविधा दिँदै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्