Skip to content
LAXMI SUNRISE BANK

सन नेपाल लाइफ इन्स्योरेन्सले २०.२६ प्रतिशत लाभांश दिने

अर्थ सरोकार

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २०. २६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

जसमध्ये ५ प्रतिशत बोनस सेयर रहेको छ भने १५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ । पुस २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले लाभांश पाउनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK