काठमाडौँ । सर्वोच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको आइपिओ बदर नहुने आदेश जारी गरेको छ । रिलायन्सको आइपिओ बदरको माग गर्दै दायर भएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशरु तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले माग बमोजिम आदेश नहुने अन्तिम आदेश जारी गरेको हो ।
रिलायन्सको आइपिओ बदरको माग गर्दै नेपाल सेयर बजार लगानीकर्ता संघको तर्फबाट महासचिव खगेन्द्रराज कँडेलले मंसिर २२ गते रिट पेश गरेका थिए ।
उक्त रिट अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले दरपीठ गर्न आदेश दिएका थिए । तर, दरपीठको आदेशविरुद्ध इजलासमा निवेदन पुगेपछि मंसिर २६ गते रिट दायर भएको थियो । सुरुमा न्यायाधीशहरु मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले मिसिल झिकाउन आदेश जारी गरेको थियो ।
तर, सर्वोच्चले रिटमा गरिएको माग अनुसार आदेश नहुने भन्दै रिलायन्स स्पिनिङ मिल्सको आइपिओविरुद्ध परेको रिटमा अन्तिम आदेश जारी गरेको छ । कम्पनीले मंसिर २२ गतेदेखि विदेशमा बस्ने नपालीका लागि आइपिओ जारी गरेको थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्